बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

मंगलबार, असार २४ २०८२
क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ गएका छन्।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेपाल-चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका छन्।

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन्।

यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन्। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend