बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बाढीपहिरोमा फसेका ५७ जनाको उद्धार

मंगलबार, असार २४ २०८२
बाढीपहिरोमा फसेका ५७ जनाको उद्धार

बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्।

रसुवा- नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ। तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

बाढीपहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन्।

यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन्। यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै विभिन्न १७ स्थानमा दुईसय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अंग फेला परेको बताइएको छ। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend