बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

मंगलबार, असार २४ २०८२
रसुवामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

बाढीले ठूलो आर्थिक क्षति पुगेको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सबैलाई संयमित रहन आग्रह गरेको छ।

काठमाडौं- रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले मानवीय क्षतीमात्र नभइ मुलुकको प्रमुख व्यापारिक नाका केरुङ ररसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍याएको छ।

यसले ठूलो आर्थिक क्षति पुगेको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सबैलाई संयमित रहन आग्रह गरेको छ।

‘यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुक्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरु समेत बगाएको छ,’ नाडाले विज्ञप्तिमार्फत भनेको छ, ‘यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ। आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौँ।’

नाडा हरेक कठिन घडीमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैँ साथमा रहँदै आएको जनाएको छ। पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता रहेको नाडाले उल्लेख गरेको छ।

नाडाले भनेको छ, ‘यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ। यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न अनुरोध गर्दछौँ।’


प्रकाशित : मंगलबार, असार २४ २०८२१४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend