बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वर्षकै न्यून मूल्यवृद्धि जेठमा

मंगलबार, असार २४ २०८२
वर्षकै न्यून मूल्यवृद्धि जेठमा

मूल्यको वृद्धिदर कायमै रहेपनि अघिल्ला महिनाको तुलनामा वृद्धिदर न्यून भएको हो।

काठमाडौं- चालु आर्थिक वर्षको जेठमा उपभोक्ता मुद्रास्फीति वर्षकै न्यून मापन भएको छ। नेपाल राष्ट्र बैंकले गत वर्षको जेठको तुलनामा यो वर्षको जेठमा मूल्यवृद्धि २.७२ प्रतिशत रहेको जानकारी दिएको छ।

गत वर्षको जेठको तुलनामा उपभोक्ता मूल्य समग्रमा २.७२ प्रतिशतले बढेको हो। यस्तै मासिक तुलनामा चालु वर्षका अघिल्ला १० महिनामा भने यसको तुलनामा उच्च थियो।

११ महिनाको औसत मूल्यवृद्धि ४.२४ प्रतिशत रहेकोमा जेठमा भने न्यून बिन्दुले बढेको हो। माघदेखि मूल्यवृद्धि ओरालो लागेर जेठमा न्यूनतम बिन्दुमा झरेको हो।

मूल्यको वृद्धिदर कायमै रहेपनि अघिल्ला महिनाको तुलनामा वृद्धिदर न्यून भएको हो।

 

 


प्रकाशित : मंगलबार, असार २४ २०८२१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend