बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवाको बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद् प्राधिकरणको आकस्मिक बैठक बस्दै

मंगलबार, असार २४ २०८२
रसुवाको बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद् प्राधिकरणको आकस्मिक बैठक बस्दै

बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्‍याउनुका साथै साथै त्यहाँ रहेका करिब नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ।

काठमाडौं- रसुवाको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिकाे आकस्मिक बैठक बोलाइएको छ। बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ।

नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा रहेका करिब आठवटा गाडी बगाएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्‍याउनुका साथै साथै त्यहाँ रहेका करिब नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ।

बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको जानकारी दिइएको छ। भोटेकोशीको बहाव कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ।

प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल पनि बगाएको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend