बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेनाको हेलिकप्टरद्वारा त्रिशूलीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार

मंगलबार, असार २४ २०८२
सेनाको हेलिकप्टरद्वारा त्रिशूलीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार

नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

काठमाडौं- नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका-१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए।

अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ। रासस

प्रकाशित : मंगलबार, असार २४ २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend