बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध, १८ जना अझै बेपत्ता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २४ २०८२
धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध, १८ जना अझै बेपत्ता

त्यस्तै पासङल्हामु राजमार्गको धुन्चेदेखि टिमुरेसम्मको सडक खण्ड चर्किएर अवरुद्ध भएको छ। त्यस्तै नेपाल-चीन मितेरी पुल पनि बाढीले बगाएको छ।

काठमाडौं- चीनमा भएको वर्षाका कारण रसुवामा आएको बाढीले जलविद्युत उत्पादनदेखि राजमार्ग अवरूद्ध भएको छ। 

बिहानै आएको बाढीले अहिलेसम्म १८ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। ३ जना प्रहरी, ९ जना नेपाली सेना र ६ जना चिनियाँ नागरिक बेपत्ता रहेका छन्। अहिलेसम्म ९ जना उद्धार गरिएको कार्यालयले जानकारी दिएको छ। 

त्यस्तै भन्सारमा रहेका ८ वटा विद्युतीय गाडी बगाएको र रसुवागढी हाइड्रोपावरमा  क्षति भएको छ। त्यस्तै पासङल्हामु राजमार्गको धुन्चेदेखि टिमुरेसम्मको सडक खण्ड चर्किएर अवरुद्ध भएको छ। त्यस्तै नेपाल-चीन मितेरी पुल पनि बाढीले बगाएको छ। 


प्रकाशित : मंगलबार, असार २४ २०८२०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend