बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवा बाढी- बिजुली उत्पादन बन्द, फसेका कर्मचारीको उद्धार हुँदै

मंगलबार, असार २४ २०८२
रसुवा बाढी- बिजुली उत्पादन बन्द, फसेका कर्मचारीको उद्धार हुँदै

यद्यपि यो उत्पादन बन्दकै कारणले राष्ट्रिय विद्युत प्रसारणमा तत्काल असर नपर्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

काठमाडौं- रसुवामा आएको बाढीका कारणले त्यो क्षेत्रका जलविद्युत आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कयौं आयोजनामा क्षतिग्रस्त भएको छ भने क्षति नभएका आयोजनाको पनि उत्पादन बन्द भएको छ। 

२ सय मेगावाट विद्युत आयोजनाको उत्पादन बन्द भएको प्राधिकरणले जानकारी दिएको छ। 

यद्यपि यो उत्पादन बन्दकै कारणले राष्ट्रिय विद्युत प्रसारणमा तत्काल असर नपर्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए। 

अहिले प्राधिकरणकै आयोजनाहरूमा क्षति पुगेकोमात्र होइन त्यहाँ कर्मचारीहरू पनि फसेका छन्। उनीहरूको उद्धारमा लागिएको ढकालले जानकारी दिए। बाढीको जोखिम न्यूनीकरण भएपछि बन्द भएका आयोजना सञ्चालनका लागि प्रयास सुरू हुने उनले बताए। 

प्रकाशित : मंगलबार, असार २४ २०८२०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend