बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवा बाढी : चार्जिङ स्टेसनमा रहेका सवारीसाधन र लोड गरिएका कन्टेनर पनि बगायो

कटान र पहिरोका कारण स्याफ्रुबेँसी-रसुवागढी सडकखण्ड बन्द

मंगलबार, असार २४ २०८२
रसुवा बाढी : चार्जिङ स्टेसनमा रहेका सवारीसाधन र लोड गरिएका कन्टेनर पनि बगायो

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ।

काठमाडौं- नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा रहेका करिब आठवटा गाडी बगाएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका करिब नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ। 

बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको जानकारी दिइएको छ। खोलामा बाढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

भोटेकोशीको बहाव कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ। प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२०८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend