बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रसुवा बाढी : उद्धारमा गएका ११ जना उद्धारकर्मी फसे, रसुवागढी हाइड्रोका कर्मचारीसमेत उद्धारको पर्खाइमा

मंगलबार, असार २४ २०८२
रसुवा बाढी : उद्धारमा गएका ११ जना उद्धारकर्मी फसे, रसुवागढी हाइड्रोका कर्मचारीसमेत उद्धारको पर्खाइमा

काठमाडौं- नेपाल-चीनको सीमाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ।

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।  

साथै उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेको बताएका छन्।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए।

यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारको पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ।


प्रकाशित : मंगलबार, असार २४ २०८२०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend