बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बुढीगण्डकी जलविद्युत कम्पनीमा सीईओ  नियुक्तिका लागि दरखास्त आह्वान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २४ २०८२
बुढीगण्डकी जलविद्युत कम्पनीमा सीईओ  नियुक्तिका लागि दरखास्त आह्वान

१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना नेपालकै सबैभन्दा ठूलो जलासययुक्त जलविद्युत आयोजना हो।

काठमाडौं- बहुप्रतिक्षित  राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडले सीईओ नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको हो।

कम्पनीले नियमावली, २०७९ को नियम ३६ (१) र ३६ (२) तथा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन सहित) अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो। कम्पनीले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त बुझाउन आग्रह गरेको छ।

सूचनाअनुसार, उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ। साथै, पूर्वाधार क्षेत्रको व्यवस्थापन वा अध्यापन, अनुसन्धानको क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव रहेको हुनुपर्नेछ। उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्नेछ।

१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना नेपालकै सबैभन्दा ठूलो जलासययुक्त जलविद्युत आयोजना हो। धादिङ र गोरखा जिल्लाको सीमा क्षेत्रमा निर्माण हुने उक्त आयोजना राष्ट्रिय ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिएको भएता पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने पुनःस्थापना र मुआब्जा वितरणको काम लामो समयदेखि जारी छ।

 

 


प्रकाशित : मंगलबार, असार २४ २०८२०६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend