बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ४६ जनाबाट एक करोड ८२ लाख रूपैयाँ ठगी, दुईजना पक्राउ

सोमबार, असार २३ २०८२
रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ४६ जनाबाट एक करोड ८२ लाख रूपैयाँ ठगी, दुईजना पक्राउ

पक्राउ पर्नेहरूमा रामेछापका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाका २९ वर्षीय उत्तम खड्का रहेका छन्।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने रामेछाप उमाकुण्डका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभा खाँदबारीका २९ वर्षीय उत्तम खड्का रहेका छन्।

पक्राउमध्ये लामाले लिथुआनिया, रोमानियालगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौंबाट शुक्रबार र खड्कालाई आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : सोमबार, असार २३ २०८२१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend