शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तीन सातापछि ताप्लेजुङमा हवाई उडान

सोमबार, असार २३ २०८२
तीन सातापछि ताप्लेजुङमा हवाई उडान

हाल साताको सोमबार र शुक्रबार दुईदिन काठमाडौं-ताप्लेजुङ-काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ।

ताप्लेजुङ- ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ। खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो। 

नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौंबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौं प्रस्थान गरेका छन्।

मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए। बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए।

हाल साताको सोमबार र शुक्रबार दुईदिन काठमाडौं-ताप्लेजुङ-काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ।

ताप्लेजुङबाट काठमाडौंसम्म प्रतिव्यक्ति नौ हजार २ सय रूपैयाँ भाडा दर कायम गरिएको छ। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend