बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

प्रभु बैंकको नवनियुक्त सञ्चालक समिति अध्यक्ष कार्कीद्वारा गभर्नर पौडेलसमक्ष शपथ लिइ पदभार ग्रहण

सोमबार, असार २३ २०८२
प्रभु बैंकको नवनियुक्त सञ्चालक समिति अध्यक्ष कार्कीद्वारा गभर्नर पौडेलसमक्ष शपथ लिइ पदभार ग्रहण

नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन्।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष अध्यक्ष कार्कीले शपथ लिइ आजै बसको बैंकको सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेको बैंकले जनाएको छ।

२०८१ पुस २९ मा सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की २०८२ असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औँ बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्कीले यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसकेका छन्।

त्यसैगरी, निजामती किताबखाना, आन्तरिक रजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका अध्यक्ष कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेरसमेत विविध कार्यानुभव हासिल गरेका छन्।

३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, सेयरधनी, ग्राहक तथा सरोकारवाला सबैको लागि गौरवको विषय भएको बैंकले जनाएको छ।

अध्यक्ष कार्कीको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : सोमबार, असार २३ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend