बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

'भर्चुअल ग्राहक प्रिभिलेज कार्ड' सार्वजनिक गर्दै डिशहोम

सोमबार, असार २३ २०८२
'भर्चुअल ग्राहक प्रिभिलेज कार्ड' सार्वजनिक गर्दै डिशहोम

डिशहोमका अनुसार यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ।

काठमाडौं- डिशहोमले ग्राहकको सुविधाका लागि 'भर्चुअल ग्राहक प्रिभिलेज कार्ड' सेवा ल्याउने भएको छ। आफ्नो ग्राहक सेवा एप 'माइ डिशहोम एप' मार्फत चाँडै 'ग्राहक भर्चुअल प्रिभिलेज कार्ड' नामक विशेष सेवा उपलब्ध गराउन लागिएको डिशहोमले जनाएको छ।

डिशहोमका अनुसार यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलोपटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र होइन ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने उद्देश्य राख्दछ।

डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल कार्ड हो जुन एक्टिभ सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ। यस कार्डमार्फत ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्, जुन विभिन्न साझेदार सेवाहरूमा लागु हुनेछ।

होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूमलगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दैछ, जसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ।

'डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,' डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, 'यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली इकोसिस्टम तयार गर्दैछौँ।'

यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा सुरु भएपछि ग्राहकहरूले 'माइ डिशहोम एप' बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, असार २३ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend