बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

सोमबार, असार २३ २०८२
मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धराशाही भएका छन्। उत्पादित चल्ला १० देखि १५ रूपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो।

चितवन- नेपाल ह्याचरी उद्योग संघले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ।

संघमा आबद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो। चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि संघले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ।

संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो।

उनले भने, 'व्यवायीले चल्लाको उत्पादन मूल्य भन्दा कममा बेच्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ।' अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन्।

कोभिड अघिसम्म तीन सय ७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका थिए। नेपालमा अहिलेको बजार खपत सातामा २० लाखदेखि २२ लाख रूपैयाँमात्रै रहेको भए पनि उत्पादन भने सातामा ३० देखि ३५ लाख हुने गरेको छ। मागभन्दा उत्पादन बढी भएपछि समस्या आएको हो।

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धराशाही भएका छन्। उत्पादित चल्ला १० देखि १५ रूपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो। ब्रोइलर चल्लाको लागत मूल्य ६० रूपैयाँ पर्न आउँछ। हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend