बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सुनसरीमा भन्सार छली ल्याइएका १७ लाख मूल्यबराबरका लत्ताकपडा र मोटरसाइकल बरामद

आइतबार, असार २२ २०८२
सुनसरीमा भन्सार छली ल्याइएका १७ लाख मूल्यबराबरका लत्ताकपडा र मोटरसाइकल बरामद
फाइल तस्बिर

मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको छ।

धरान- सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रूपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो।

इनरुवा नगरपालिका-९ बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए। को३२प २५४५, को२३प ८११९, को१५प ३११० र को३३प ६२४६ नंको मोटरसाइकल बरामद गरिएको छ।

मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend