बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्रीले गरे हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बेलिब्रिजको उद्‍घाटन

आइतबार, असार २२ २०८२
प्रधानमन्त्रीले गरे हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बेलिब्रिजको उद्‍घाटन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडाेरअन्तर्गत चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका छन्।

बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा गएर टुंगिने सडकमा बेलिब्रिज बनेसँगै अब बाह्रै महिना सञ्चालन हुन सक्ने छ। ४ सय १० किलोमिटर उक्त सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ। 

हुम्लाको चुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै हुम्ला सदरमुकाम हुँदै हिल्सासँग बाह्रै महिना सडकको पहुँच पुगेको कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) योजना कार्यालयले जनाएको छ।

kp oli humla (1).jpg
sena humla.jpg
humla pm.jpg


प्रकाशित : आइतबार, असार २२ २०८२१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend