बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

साइमेक्सबाट कुनै दबाब नआएको र डिलर छाड्ने मनस्थिति नभएको बुटवल, पुल्चोक र विराटनगरका बीवाईडी डिलरको दाबी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २१ २०८२
साइमेक्सबाट कुनै दबाब नआएको र डिलर छाड्ने मनस्थिति नभएको बुटवल, पुल्चोक र विराटनगरका बीवाईडी डिलरको दाबी

काठमाडौं- विराटनगर, बुटवल र पुल्चोकमा रहेको बीवाईडीको शोरुम तथा सर्भिस सेन्टर सञ्चालन गरिरहेको कम्पनीहरुले बिजनेस न्युजमा प्रकाशित ‘पोखराको डिलरले छाड्यो बीवाईडी : भक्तपुर, विराटनगर, पुल्चोक र बुटवल डिलर साइमेक्सका कारण तनावमा’ शीर्षकको समाचारमा आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्। 

विराटनगरको सुपेरियर मोटर्स, पुल्चोकको इको ड्राइभ अटोमोबाइल्स र इनलाइटन मोटर्सले प्रकाशित समाचारमा ध्यानाकर्षण गराएका हुन्।

बुटवल डिलरको हकमा समाचारमा लेखिएको जस्तो कुनै समस्या र दबाब नरहेको दाबी गरिएको छ। इनलाइट मोटर्सले कुनै पनि प्रकारको दबाब, असमझदारी वा असन्तुष्टी अनुभव नगरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

यसैगरी पुल्चोकमा रहेको बीवाईडी गाडी बिक्री गर्ने डिलर इको ड्राइभले पनि कम्पनीबाट कुनै तनाव नदिएको पत्रमा उल्लेख गरेको छ। साथै डिलरसिप परित्याग गर्ने मनसायसमेत नरहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

'साइमेक्स इंक प्रालिबाट कुनै प्रकारको दबाब सिर्जना गरिएको छैन र हामी डिलरसिप परित्याग गर्ने कुनै पनि मनस्थिति वा प्रक्रियाअन्तर्गत छैनौँ, समाचारले ग्राहकवर्गमा भ्रम र अविश्वासको वातावरण सिर्जना गर्नुका साथै हाम्रो व्यापारिक गतिविधिमा गम्भीर प्रभाव पार्न सक्ने जोखिम रहन्छ' सुपेरियरले भनेको छ।


प्रकाशित : शनिबार, असार २१ २०८२१७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend