बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

थापाथलीमा खुल्यो प्रोटोनको नयाँ शोरुम, नायिका केकी अधिकारीलाई ईमास सेभेन हस्तान्तरण

सोमबार, असार २३ २०८२
थापाथलीमा खुल्यो प्रोटोनको नयाँ शोरुम, नायिका केकी अधिकारीलाई ईमास सेभेन हस्तान्तरण

भक्तपुर र पोखरामा खुल्ने नयाँ आउटलेटहरु थ्री एस सेवासहितको हुनेछन्। जगदम्बा मोटर्सले २०२५ भित्र देशका विभिन्न १५ स्थानमा प्रोटोनको शोरुम सञ्चालनमा आउने जनाएको छ।

काठमाडौं- प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको छ। आइतबार जगदम्बा मोटर्सले काठमाडौंको थापाथलीमा ब्रान्डको दोस्रो नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। 

शोरुम उद्घाटनसँगै जगदम्बा मोटर्सले नायिका केकी अधिकारीलाई प्रोटोन ईमास सेभेन हस्तान्त्रणसमेत गरेको छ। अधिकारीले प्रोटान ब्रान्ड र शंकर समूहले ल्याएको विद्युतीय कार ईमास सेभेन राम्रो लागेर खरिद गरेको बताइन्। 

जगदम्बा मोटर्सले नक्सालपछि थापाथलीमा आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको हो। देशभर शोरुम तथा सर्भिस सेन्टर विस्तारलाई प्राथमिकता दिने नीति कम्पनीले लिएको जनाएको छ। 

थापाथली जस्तो पुराना अटोमोबाइल हबमा प्रोटोनको नयाँ शोरुम खोल्ने अवसर पाएको कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटुवालले बताए। नेपालका मूख्य सहरहरुमा शोरुमहरु स्थापना गर्दै जाने भेटुवालको भनाय छ। यही महिना भित्रै भक्तपुरको राधेराधे र पोखरामा पनि नयाँ शोरुम सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनले जानकारी दिए। 

भक्तपुर र पोखरामा खुल्ने नयाँ आउटलेटहरु थ्री एस सेवासहितको हुनेछन्। जगदम्बा मोटर्सले २०२५ भित्र देशका विभिन्न १५ स्थानमा प्रोटोनको शोरुम सञ्चालनमा आउने जनाएको छ।  

शोरुम उद्घाटनका क्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जीली मोटर्सको लगानी रहेको मलेसियन कम्पनी प्रोटनको ईमास एसियन देशहरुको बाटो सुहाउँदो डिजाइन गरिएको बताए। ‘ईमास सेभेनमा जीलीको ग्यालेक्सी ई फाइभकोभन्दा शकहरु मजबुत बनाएको छ। जसले खराब बाटोमा पनि उत्कृष्ट प्रदर्शन गर्छ’ उनले भने। 

प्रोटोन ईमास सेभेन हस्तान्तर लिँदै नायिका केकी अधिकारीले उक्त गाडीको डिजाइन, पर्फमेन्स र ब्रान्डको विश्वसनियताका आधारमा खरिद गर्ने निर्णयमा पुगेको बताइन्। अभिनेत्री केकी अधिकारीले भनिन्, 'मैले गाडी चलाउने बित्तिकै मलाई यो गाडी मन पर्यो, मैले यसलाई नेपालमा शंकर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरेँ।' यो कथनले साँच्चै नै प्रोटन इमास चाँडै नै नेपालका ईभी पारखीहरूमाझ मनपर्ने र पहिलो रोजाइको ब्राण्ड बन्ने संकेत गरेको छ ।

कार्यक्रममा ब्रिजेश श्रेष्ठले ईमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि बताउँदै भने, 'यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो।' 

शोरुम उद्घाटन कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै ५ वटा प्रोटोन ईमास ७ ग्राहकलाई हस्तान्तरण गरेको थियो।

Proton Finance Scheme.jpeg

प्रोटोन ईमास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको छ। ईमास सेभेन प्राइममा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक छ भने प्रिमियममा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

६ विभिन्न आकर्षक रङमा उपलब्ध ईमास सेभेनमा सेगमेन्टकै शक्तिशाली १ सय ६० किलोवाटको विद्युतीय मोट रहेको छ। प्रोटोन ईमास सेभेन पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक भएको थियो। मलेसियापछि ईमास सेभेन नेपाली बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमा मलेसियामा ईमास सेभेन सबैभन्दा धेरै बिक्री हुने विद्युतीय एसयूभी बनेको कम्पनीले जनाएको छ। 

ईमास सेभनेका मुख्य विशेषताहरुमा ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा निर्माण भएको, १२ इन १ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, नवीनतम् सेल टू बडी ब्याट्री संरचना, न्यु जेनेरेसन एगिस सर्ट ब्लेड ब्याट्री लिथियम आइरन फस्फेट छन्। 

ईमास सेभेन प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर ब्याट्री, रेन्ज ३ सय ४५ किमि, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री र रेन्ज ४ सय १० किमि दिने कम्पनीले जनाएको छ।

त्यस्तै ईमास सेभेनमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री भ्यू क्यामेरा, फाइभ स्टार आसिएन एनक्याप सुरक्षा रेटिङ, १ सय ६० किलोवाट पावर र ३ सय २० एनएम टर्क र शून्यदेखि १ सय किमि प्रतिघण्टाको गति ६.९ सेकेन्डमा तय गर्नसक्ने कम्पनीले जनाएको छ।

नेपाली बजरामा उपलब्ध हुँदा नै ईमास सेभेनमा अक्जुलरी १२ भोल्टको ब्याट्री पनि एपएफपी (लिथियम आइरन फोसफेट)मै आएको थियो।


प्रकाशित : सोमबार, असार २३ २०८२१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend