बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

गठबन्धन जोगाउन एमसीसी अनुमोदन चुनावपछि धकेल्न देउवाको पहल

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
गठबन्धन जोगाउन एमसीसी अनुमोदन चुनावपछि धकेल्न देउवाको पहल

प्रधानमन्त्रीले केही महिना पर धकेलेर चुनावपछि अनुमोदन गर्नेगरी पहल गरिदिन आग्रह गरेका थिए।  राजदूत बेरी प्रधानमन्त्री देउवा भेट्न बुधवार साँझ बालुवाटार गएका थिए।

काठमाडौं- प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको समय सार्ने प्रयास गरेका छन्। प्रधानमन्त्री देउवाले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई भेटेर एमसीसी अनुमोदन गर्ने समय सार्न सकिने नसकिने विषयमा पहल थालेका हुन्।

बालुवाटार स्रोतका अनुसार राजदूत बेरीले प्रधानमन्त्रीलाई समय निकै घर्किएकोले सार्ने भन्दा पनि अनुमोदनमा लाग्न आग्रह गरेका छन्। तर प्रधानमन्त्री देउवाले बेरीलाई सत्ता गठबन्धनदेखि सडक आन्दोलनसम्मको कुरा गरेको गरेका थिए।

प्रधानमन्त्रीले केही महिना पर धकेलेर चुनावपछि अनुमोदन गर्नेगरी पहल गरिदिन आग्रह गरेका थिए।  राजदूत बेरी प्रधानमन्त्री देउवा भेट्न बुधवार साँझ बालुवाटार गएका थिए।

राजूदत बेरी भेटेपछि बिहिबार बिहानै देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए। प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालले चुनावपछि अनुमोदन गर्नेगरी पहल गर्न आग्रह गरिरहेका छन्। यता आजै सत्तागठबन्धनको बैठक आव बेलुका ५ बजे बोलाईएको छ। प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको निर्णय निर्णायक बनाउन खोजेको समेत बुझिएको छ। 

एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाललाई पत्र लेख्दै फागुन १६ भित्र अनुमोदन नभए सम्झौता खारेज हुने चेतावनी दिएपछि नेताहरुको दौडधुप बढिरहेको छ।  

संसदबाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र र विपक्षीबीच बहस चलिरहेका बेला एमसीसीकी उपाध्यक्ष सुमारले गत साता प्रधानमन्त्री शेरबहादुुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीलाई पत्र लेख्दै फागुन १६ भित्र अनुमोदन नगरे नेपालले विविध कठिनाइ व्यहोर्ने चेतावनीसमेत दिएकी छिन्।  

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको अनुदान दिनेछ। त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ।

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend