बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

११ विधामा उत्कृष्ट इन्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम दिन

आइतबार, असार २२ २०८२
११ विधामा उत्कृष्ट इन्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम दिन

सन् १९६२ मा स्थापना भएको एसोसिएसनले हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवस मनाउँदै आएको छ।

काठमाडौं- नेपाल इन्जिनियर्स एसोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन २ र ३ गते मनाउने भएको छ।

एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ पेसाको विकास, पेसागत हकहितको संरक्षण तथा देशको समग्र पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई उजागर गर्न दुई दिनसम्म कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

सन् १९६२ मा स्थापना भएको एसोसिएसनले हरेक वर्ष साउन ३ गते इन्जिनियर दिवस मनाउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा वन तथा वातावरणमन्त्री विशिष्ट अतिथिका रूपमा उपस्थित रहने महासचिव विनाेदप्रकाश पण्डितले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

'इन्जिनियर्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स: क्रियटिङ इम्प्याक्ट´ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रहेर यस वर्षकाे दिवस मनाउन लागिएकाे छ। समारोहअन्तर्गत साउन २ र ३ गतेसम्म कुल ६ वटा प्रविधिमूलक सत्र सञ्चालन गरिनेछ। ती सत्रमा स्मार्ट सिटी, यातायात पूर्वाधार, जलविद्युत् सुरक्षा, वातावरणीय अर्थतन्त्र, कार्बन बजार तथा हालैको बजेटसँग सम्बन्धित इन्जिनियरिङ पक्षमा छलफल हुनेछ। 

समारोहको विशेष आकर्षणको रूपमा इन्जिनियरिङ पेसामा विशिष्ट योगदान पुर्‍याउने ११ विधाका इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई सम्मान गरिने संस्थाले जनाएकाे छ।

ती विधाहरूमा लाइफटाइम अचिभमेन्ट, युवा इन्जिनियर पुरस्कार, महिला इन्जिनियर पुरस्कार, नवीनतम इन्जिनियर, प्रवासी इन्जिनियर, शहीद इन्जिनियर नवराज विष्ट स्मृति पुरस्कार लगायत अन्य समावेश छन्।

साे सम्मान र पुरस्कारका लागि आवेदन पठाउने आज अन्तिम दिन हाे। महसचिव पण्डितले सम्मान र पुरस्कारका लागि याेग्य व्यक्तिकाे नाम आफू स्वयं वा अरू कसैले पनि याेग्य लागेकाे व्यक्तिकाे नाम पठाउन सक्ने बताए।


प्रकाशित : आइतबार, असार २२ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend