बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, पश्चिम नेपालमा उच्च सतर्कता आवश्यक

आइतबार, असार २२ २०८२
आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, पश्चिम नेपालमा उच्च सतर्कता आवश्यक

देशभर मनसुनी प्रभाव कायम रहेकाले आज आइतबार (असार २२ गते) अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने र विभिन्न प्रदेशका थुप्रै स्थानमा हल्कादेखि ‘धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- देशभर मनसुनी प्रभाव कायम रहेकाले आज आइतबार (असार २२ गते) अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने र विभिन्न प्रदेशका थुप्रै स्थानमा हल्कादेखि ‘धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो विशेषगरी कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ। त्यस्तै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। अन्य प्रदेशहरूका थोरै स्थानमा पनि समान खालको वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वा धेरै भारी वर्षा हुने सम्भावना बढी रहेको छ। कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुने संकेत देखिएको छ।

महाशाखाको प्राविधिक परिभाषाअनुसार, २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भएमा त्यसलाई ‘भारी वर्षा’ मानिन्छ। १०० देखि २०० मिलिमिटरसम्म ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा माथिको वर्षा ‘अति भारी’ मानिन्छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षा अझ सक्रिय हुने आँकलन गरिएको हो।

महाशाखाले विशेषगरी पश्चिम नेपालका नदी, खोला र पहाडी भूभागमा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यात्रुहरू, किसानहरू, निर्माण कार्यमा संलग्न कर्मचारीहरू, तथा विपद् व्यवस्थापन निकायहरूलाई सम्भावित जोखिमप्रति सावधानी अपनाउन आग्रह गरिएको छ। रासस

 


प्रकाशित : आइतबार, असार २२ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend