बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा

शुक्रबार, असार २० २०८२
एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा

बिहीबार नयाँ शाखाको उद्घाटनसँगै मधेस प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ।

काठमाडौं- एभरेष्ट बैंकले महोत्तरीको बर्दिबासमा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ। बिहीबार नयाँ शाखाको उद्घाटनसँगै मधेस प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। 

बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने तथा महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।

एभरेष्ट बैंकले हाल देशभर रहेका आफ्ना १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु र १६८ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, असार २० २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend