बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने - नेपालको पूर्वाधार र पर्यटनमा राम्रो सम्भावना छ, लगानी बढाउनुस्

शुक्रबार, असार २० २०८२
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने - नेपालको पूर्वाधार र पर्यटनमा राम्रो सम्भावना छ, लगानी बढाउनुस्

प्रतिनिधिमण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटनलगायतका क्षेत्रमा चासो व्यक्त गरेका थिए।

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन्।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। नीतिहरु लगानीमैत्री छन्। लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढ्नुहोस्। सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने।

प्रतिनिधिमण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए।

प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए।


प्रकाशित : शुक्रबार, असार २० २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend