बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

जैमिनीमा ५० लाखको नागरिक स्वास्थ्य उपचार कोष स्थापना, एक अर्ब पुर्‍याउने लक्ष्य

शुक्रबार, असार २० २०८२
जैमिनीमा ५० लाखको नागरिक स्वास्थ्य उपचार कोष स्थापना, एक अर्ब पुर्‍याउने लक्ष्य

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ।

बागलुङ- जैमिनी नगरपालिकाले एक अर्ब रूपैयाँको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ। कोषमा ५० लाख रूपैयाँ दाखिला भएको छ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ।

'दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य छ। कोषमा एक अर्ब रूपैयाँ जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ। कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ', नगर प्रमुख नरबहादुर पुनले भने।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा एक अर्ब पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend