शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

images
शुक्रबार, असार २० २०८२
images
images
एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

रघुगंगा गाउँपालिका-१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख रूपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिए।

images
images

म्याग्दी- रघुगंगा गाउँपालिका-१ बेगमा एक करोड पाँच लाख रूपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ।

images
images

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो। रघुगंगा गाउँपालिका-१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख रूपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिए। 

images
images

'आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख रूपैयाँ र २०८१/०८२ मा ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो', उनले भने, 'चालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ। नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ।'

images
images
images

साबिक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए।

आठवटा वडा रहेको रघुगंगाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो। वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ।

मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend