शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

शुक्रबार, असार २० २०८२
वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुंगा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ।

चितवन- पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखिएनन्। वर्षा लागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउँछन्। शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ। यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका उनले बताए।

पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन्। चितवन फरेस्ट रिसोर्टका सञ्चालक भट्टराईले भने, 'हाल २५ प्रतिशत कर्मचारीमात्र काममा  छन्।' बर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतह मार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेको उनको अनुमान छ।

विसं २०३३ देखि पर्यटन क्षेत्रमा लागेका गिरिधारी चौधरी आर्थिक मन्दीका कारण पर्यटक घटेका बताउँछन्। काठमाडौं र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित हुँदा पर्यटक घटेका उनको ठम्म्याइ छ।

सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुंगा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ।

सौराहामा करिब १५० होटल छन्। आठ हजार बढी शय्या भएका यी होटलमा ६ हजारभन्दा बढीले रोजगारी पाएका छन्। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend