बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

रावाबेँसीबाट ९५ लाख रूपैयाँ हाराहारीको लिची बिक्री

शुक्रबार, असार २० २०८२
रावाबेँसीबाट ९५ लाख रूपैयाँ हाराहारीको लिची बिक्री

६ वडा रहेको यो गाउँपालिका-१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ।

खोटाङ- रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक १८४ मेट्रिकटन लिची उत्पादन भएको छ। ६ वडा रहेको यो गाउँपालिका-१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिकटन लिची उत्पादन भएको जनाइएको छ।

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ।

आफूले ३० हजार रूपैयाँको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए। उनले प्रतिदाना एक रूपैयाँमा बिक्री गरेका हुन्।

सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजार रूपैयाँका लिची बेचिसकेका छन्। केही किसानले एक लाखभन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए। रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख रूपैयाँ हाराहारी आम्दानी गरेका उनको अनुमान छ।

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend