बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

कुखुरापालनबाट आत्मनिर्भर कमला, चल्ला बेचेर वार्षिक तीन लाख आम्दानी

शुक्रबार, असार २० २०८२
कुखुरापालनबाट आत्मनिर्भर कमला, चल्ला बेचेर वार्षिक तीन लाख आम्दानी

कैलाली- बर्दगोरिया गाउँपालिका-२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेका छिन्। 

दश वर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार रूपैयाँ ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन्। पटक-पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिइ उनले व्यवसाय विस्तार गरिन्।

हाल वर्षमा ६ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजार रूपैयाँसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन्। सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन्।

उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन्। विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउँछिन्। सहकारीको सहयोगको पनि उनले सराहना गरिन्। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend