बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण, ५ करोड ६२ लाख रुपैयाँ लागत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २० २०८२
भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण, ५ करोड ६२ लाख रुपैयाँ लागत

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन्। भोजपुर जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ।

भोजपुर- चिरखुवा खोलामा ५ करोड ६२ लाख रुपैयाँको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ। 

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन्। भोजपुर जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend