बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

भन्सार छलेर ल्याइएका १८ लाख रुपैयाँका कपडा बरामद

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २० २०८२
भन्सार छलेर ल्याइएका १८ लाख रुपैयाँका कपडा बरामद

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको छ।

पर्सा- सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३ सय ५५ रुपैयाँबराबरका कपडा बरामद गरेको छ। 

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर-१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए।

'भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४ सय ८७ रुपैयाँबराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भने, 'सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४ सय ३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको  छ।' रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend