बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘एलईभी-०१’ को अलह्वील ड्राइभ मोडल तयार, नेपालमा आगामी नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरिने

बिहीबार , असार १९ २०८२
‘एलईभी-०१’ को अलह्वील ड्राइभ मोडल तयार, नेपालमा आगामी नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरिने

नयाँ अलह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ। बाहिरबाट हेर्दा उस्तै देखिए पनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ।

काठमाडौं- चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’ को अलह्वील ड्राइभ मोडल तयार पारेको छ। कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको छ।

नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च गर्ने जनाएको छ।

नयाँ अलह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ। बाहिरबाट हेर्दा उस्तै देखिए पनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एलईभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ। साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ। एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ।

LEV X - LS AUTO (2).jpg

एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो। सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ।

नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचब्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको छ। एलईभी-०५ नेपाली बजारमा बीवाईडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो।


प्रकाशित : बिहीबार , असार १९ २०८२१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend