बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

बिहीबार , असार १९ २०८२
लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो।

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ। लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस् भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलीप पुर्जाले जानकारी दिए।

लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात-सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो। गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न १० लाख रूपैयाँ खर्च गरेको प्राविधिक पुर्जाले बताए।

विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुईवर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend