बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

गैरकानूनीरुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

बिहीबार , असार १९ २०८२
गैरकानूनीरुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

पक्राउमध्ये ६ जना चिनियाँमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं- गैरकानूनीरुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका-४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गैरकानूनीरुपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

सो कम्पनीको शाखाका रूपमा काठमाडौं महानगरपालिका-१३ चागलस्थित एक घर भाडामा लिइ विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउमध्ये ६ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend