बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

बिहीबार , असार १९ २०८२
दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

गत वर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो।

चितवन- व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो।

फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो। त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ। उनले भनिन्, 'दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ।'

बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ। यहाँ उत्पादित बीउलाई पछि समूह र सहकारीमार्फत किसानकामा पुर्‍याइने छ।

दुई हेक्टर जग्गामा करिब ५० क्वीन्टल धानको बीउ उत्पादन हुने गरेको उनले बताइन्। विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जाताका धानको बीउ उत्पादन गरी किसानकामा पुर्‍याइएको उनले बताइन्। उनले भनिन्, 'किसानले बीउमा समस्या भोग्नु नपारेस् भनेर धानको बीउ फार्मले उत्पादन गर्दै आएको छ।'

यहाँ उत्पादित धानको मूल बीउको माग बढ्दै गएको उनले बताइन्। धानको मूल बीउबाहेक खाद्यान्नमा समेत प्रयोग हुने गरेको छ।

गत वर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो। यस फार्ममा अहिले च्याउखेतीमा प्रविधि प्रदर्शन, मेवाको बिरुवा उत्पादन, किम्बुका बिरुवा उत्पादन तथा बिक्री वितरणलगायतका काम हुँदै आएका छन्। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend