बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमालाई मीनबहादुर गुरुङले एमबीबीएससम्म पढाइदिने, दिए एक लाख रुपैयाँ र ल्यापटप

बिहीबार , असार १९ २०८२
इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमालाई मीनबहादुर गुरुङले एमबीबीएससम्म पढाइदिने, दिए एक लाख रुपैयाँ र ल्यापटप

चाँगुनारायण-८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमाले नतिजा सार्वजनिक भएपछि आफूलाई डाक्टर बन्ने रहर भएको बताएकी थिइन्।

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित एक इँटाभट्टामा काम गरेर जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठले एसईईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले सम्मान गरेका छन्।

एक लाख रुपैयाँ नगद र एउटा ल्यापटप उपहार दिँदै सम्मान गरेका गुरुङले गोमालाई एमबीबीएससम्मको अध्ययन गराइदिने भएका छन्। 

गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका हुन्।

चाँगुनारायण-८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमाले नतिजा सार्वजनिक भएपछि आफूलाई डाक्टर बन्ने रहर भएको बताएकी थिइन्। 

सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जीपीए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन्, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।

साँझबिहान इँटाको काम गरेर गोमाले ल्याइन् ४ जीपीए, भन्छिन् - डाक्टर बन्ने चाहना छ साँझबिहान इँटाको काम गरेर गोमाले ल्याइन् ४ जीपीए, भन्छिन् - डाक्टर बन्ने चाहना छ

प्रकाशित : बिहीबार , असार १९ २०८२१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend