बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

images
बिहीबार , असार १९ २०८२
images
images
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरिएको हो।

images
images

मुस्ताङ- मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ। नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो।

images
images

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औँ वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको जानकारी दिए। वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अंगसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर यहाँ मापन केन्द्र स्थापना गरिएको उनले बताए।

images
images

विभागले समुद्री सतहको तीन हजारभन्दा माथि उचाइमा विश्वका पाँच स्थानमा यस प्रकारको वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये दुई नेपालमा रहेको विभागका महानिर्देशक सुवेदीले जनाए।

images
images
images

'यस खालको प्रविधि मुगुको रारा र त्यसपछि मुस्ताङको जोमसोममा स्थापना गरिएको छ। यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ। मुस्ताङमा प्रविधि जडान गर्न एक करोड रूपैयाँभन्दा बढी खर्च भएको छ', उनले भने।

विभागले यहाँ पफ प्यानल गृह निर्माणसहित दुई हजार किलोवाटको सौर्यऊर्जा सोलार प्यानल, विद्युत् पहुँचका साथै इन्टरनेट जडान गरिएको जनाएको छ। यहाँ जडान गरिएको उपकरणले वायुको गुणस्तर, वातावरणीय स्वच्छता र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने भावी रणनीति तय गर्न सहज हुने अपेक्षा गरिएको छ।

मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा यहाँको वायु गुणस्तर अंक तीन मात्रै देखिएको महानिर्देशक सुवेदीले जानकारी दिए। 'विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले औसत ५० अंक सम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ। हामीले ४० अंकसम्मलाई वायुको गुणस्तर राम्रो हो भन्ने ठानेका छौँ', उनले भने, 'यहाँ तीन अंक मात्रै दखिनु वायुको गुणस्तर निकै राम्रो हो भन्न हो। यहाँको वायुको अपेडट हेर्दा यो वायु प्रदूषण शून्य जस्तै हो।' रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend