बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

वनको झाडी फाँडेर तीनसय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

images
बिहीबार , असार १९ २०८२
images
images
वनको झाडी फाँडेर तीनसय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३ सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन्।

images
images

बागलुङ- सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका-७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ। वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३ सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन्।

images
images

यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३ सय रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनले योजना सुनाए। तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३ सय रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताए।

images
images

यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म तीन लाख रूपैयाँ लगानी भएको छ। हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो। रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए।

images
images
images

'पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो', उनले भने, 'त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ। वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ।'

स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउँछन्। तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उनको भनाइ छ। झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ।

काठेखोला-७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा संकलन गरी खेती विस्तार गरेको सुनाइन्। 'पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जंगलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ। काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बिरुवा रोपेपछि हामी सबै उत्साहित छौँ। उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ', उनले भनिन्। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend