बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमजीको नयाँ विद्युतीय कार विन्डसर सार्वजनिक, टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार

बिहीबार , असार १९ २०८२
एमजीको नयाँ विद्युतीय कार विन्डसर सार्वजनिक, टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ।

काठमाडौं- बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी)को नयाँ विद्युतीय कार सार्वजनिक भएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले बुधबार एक कार्यक्रमबीच विन्डसर ईभी सार्वजनिक गरेको हो। 

एमजीले भारतमा उत्पादन भएको दोस्रो विद्युतीय कार विन्डसर नेपाल ल्याएको हो। यसअघि भारतमा बनेको एमजी कोमेट ईभी नेपाल आएको थियो। सहरी यात्राका लागि उपयोगी यो मिनि ईभी अहिले पनि धेरै उपभोक्ताको रोजाइमा रहेको छ।  

एमजी विन्डसर जेएसडब्लू एमजीले भारतमा उत्पादन गरेको र यो विद्युतीय कार भारतीय उपभोक्तामाझ पनि लोकप्रिय रहेको छ। विन्डसर ईभी एक्सक्लुसिभ र इसेन्स गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ। 

पारामाउन्ट मोटर्सले एमजी विन्डसरको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँर टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो विद्युतीय कारको ग्राउन्ड क्लियरेन्स १ सय ८६ एमएम रहेको छ।

mg windsor1.PNG

एमजी विन्डसर लग्जरी र आधुनिक विशेषतायुत्त, कम्प्याक्ट युटिलिटी भेहिकल हो। यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट उपलब्ध छ। त्यसको अलावा पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेराजस्ता विशेषता छन्।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। साथै यसमा १ सय किलोवाट क्षमताको विद्युतीय मोटर छ। यसको पीक टर्क २ सय  एनएम छ।  विन्डसर ईभी एक पटकको फुल चार्जमा ३ सय ३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ। 

विन्डसरमा फ्लस डोर ह्यान्डल, क्लिन सर्फेस र सबै लाइटहरू एलईडी प्रयोग भएको छ। अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर ईभी बनाइएको छ। यो विद्युतीय कारमा १८ इन्चको अलोय ह्वील रहेको छ। 


प्रकाशित : बिहीबार , असार १९ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend