बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

images
बुधबार, असार १८ २०८२
images
images
अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
सांकेतिक तस्बिर।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सुपादेउराली मन्दिरमा केबलकार निर्माण गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।

images
images

अर्घाखाँची- धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सुपादेउराली मन्दिरमा केबलकार निर्माण गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।

images
images

सन्धिखर्क नगरपालिकाको असार १३ गते बसेको कार्यपालिका बैठकले ‘सुपादेउराली केबलकार प्रालि’ लाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। प्रस्तावित केबलकार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म निर्माण गरिनेछ।

images
images

सुपादेउराली मन्दिरमा पछिल्ला वर्षहरूमा धार्मिक पर्यटकको उल्लेख्य वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताउनुभयो। कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देही जिल्लाबाट यहाँ बढी भक्तजन आउने गर्छन् भने भारतको उत्तर प्रदेश र बिहारबाट समेत दर्शनार्थी आउने गरेको वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए।

images
images
images

सुपादेउराली मन्दिरको धार्मिक आस्थासँग गहिरो जनविश्वास जोडिएको छ। भक्तजनहरू कुनै कठिनाइ वा समस्या आइपरेमा यहाँ पूजा तथा भाकल गर्न आउने गर्छन्। चट्टानी जमिनको फेदमा अवस्थित मन्दिरसम्म पुग्ने बाटो साँघुरो र अप्ठ्यारो भएकाले केबलकार बनेपछि यात्रुहरूको पहुँच सजिलो हुने अपेक्षा गरिएको छ।

मन्दिरमा विशेषतः पाठी र बोकाको बली दिने परम्परा कायमै रहेको छ। प्रस्तावित केबलकारले धार्मिक पर्यटन प्रवर्द्धनसँगै अर्घाखाँचीको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने स्थानीयवासीहरूको अपेक्षा छ। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend