बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे नाडाले महानिर्देशकसँग गर्‍यो छलफल

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १७ २०८२
सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे नाडाले महानिर्देशकसँग गर्‍यो छलफल

उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनु पर्ने आवश्यकता रहेको बताए हुदै उल्लेखित बुंदाहरुका सम्बन्धमा सिलसिलेबार छलफलगरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यातायात व्यवस्था विभागले बनाउन लागेको सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाको मस्यौदाका बारेमा छलफल गरेको छ। 

मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो। 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले 'सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२' का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै यस सम्बन्धमा विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरेका थिए। अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरुबारे नाडा र विभागबीच विस्तृत छलफलगरी अघि बढ्नु पर्ने धारणा राखे। 

उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाहरुका सम्बन्धमा सिलसिलेबार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए। 

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे। 

भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्नेबारेमा समेत अध्ययन गरिएको बताए।

छलफलको अन्तमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए। 

नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको उनको भनाइ थियो। सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्नेसमेत बताए। 


प्रकाशित : मंगलबार, असार १७ २०८२१७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend