बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फाइभजीका लागि फड्को मार्ने समयमा टेलिकम कम्पनीमा संकट, आधारभूत पुँजीगत लगानीकै समस्या

आइतबार, असार १५ २०८२
फाइभजीका लागि फड्को मार्ने समयमा टेलिकम कम्पनीमा संकट, आधारभूत पुँजीगत लगानीकै समस्या

सरकारी स्वामित्वको नेपाल टेलिकमले सरकारी भएकै आधारमा लगानी खोजेर यस्तो सुविधा ल्याएपनि त्यसले कम्पनीको वित्तीय अवस्थालाई राम्रो नगर्ने र अन्तत: भविष्यमा दिगो नहुने देखिएको छ।

काठमाडौं- थ्रीजी मोबाइल नेटवर्कको सुरुवात गर्नेमा दक्षिण एसियामै नेपाल पहिलो भएको थियो। प्रविधिको अंगिकार र विकासमा नेपालले लिएको कदमले धेरै लगानीकर्तालाई उत्साहित बनाएको थियो। त्यही उत्साहकै कारण नेपालको दूरसञ्चारमा ठूलो विदेशी लगानी र व्यवस्थापन पनि भित्रियो।

त्यही विदेशी लगानीका कारणले नेपाली दूरसञ्चार क्षेत्रले दशक पहिले नै एउटा सुविधाजक वातावरणको मजा लिन पायो र उपभोक्ताले सुविधा।  

कुनै समय झन्डै एक खर्बको आम्दानी गरेको नेपाली दूरसञ्चार क्षेत्र त्यसमा पनि टेलिकम कम्पनीहरू अहिले फाइभजी सेवामा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन्। पछिल्ला केही वर्षदेखिको निरन्तर घट्दो आम्दानीले गर्दा उनीहरूको थप लगानी गर्नसक्ने क्षमता संकुचित भएको हो। 

आजका दिनमा दुईवटा टेलिकम कम्पनीले ७३ अर्ब रुपैयाँमात्र आम्दानी गर्दा पनि न्यूनतम १२ अर्ब रुपैयाँ लगानी गर्नका लागि नाफा गर्न सक्ने अवस्था छैन। जब कि अहिलेकै नेटवर्कको व्यवस्थापन गर्न यति लगानी गर्नुपर्ने हुन्छ। 

यस्तो अवस्थामा संसारभर फाइभजी सेवा विस्तार भइरहँदा नेपालमा भने सरकारले नीति ल्याएपनि कम्पनीहरू आफैमा सक्षम देखिएका छैनन्। 

एउटा अनुमानअनुसार एउटा कम्पनीका लागि फाइभजी सेवा सुरु गर्न न्यूनतम १५ अर्ब रुपैयाँ थप लगानी चाहिन्छ, त्यो पनि काठमाडौं उपत्यकालगायतका केही सहरका लागिमात्र। त्यसबाहेक नेपालभर सेवा सुरू गर्नका लागि ६४ अर्ब रुपैयाँ थप लगानी आवश्यक हुन्छ।

यस्तोमा अहिलेको आम्दानीले न त्यो लगानी गर्ने आधार दिन्छ न सुधार नगरी थप लगानी आउने देखिएको छ। 

सरकारी स्वामित्वको नेपाल टेलिकमले सरकारी भएकै आधारमा लगानी खोजेर यस्तो सुविधा ल्याएपनि त्यसले कम्पनीको वित्तीय अवस्थालाई राम्रो नगर्ने र अन्तत: भविष्यमा दिगो नहुने देखिएको छ। 

फाइभजी सुरु गर्ने सरकारको घोषणा, वित्तीय संकटले थलिएका अपरेटर सक्षम छन्? फाइभजी सुरु गर्ने सरकारको घोषणा, वित्तीय संकटले थलिएका अपरेटर सक्षम छन्?


प्रकाशित : आइतबार, असार १५ २०८२१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend