बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रोटोन ईमास सेभेनमा सुरुदेखि नै थियो १२ भोल्टको एलएफपी ब्याट्री

बिहीबार , असार १२ २०८२
प्रोटोन ईमास सेभेनमा सुरुदेखि नै थियो १२ भोल्टको एलएफपी ब्याट्री

अक्जुलरी ब्याट्री एलएफपी हुँदा यसको वारेन्टी तथा लाइफ लिड एसिड ब्याट्रीको भन्दा धेरै हुन्छ। लिड एसिड ब्याट्री मर्मत गरिरहनु पर्ने हुँदा केही झन्झटिलो पनि हुन्छ।

काठमाडौं- २०८१ चैत पहिलो साता प्रोटोनको ईमास सेभेन विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भयो। अब्बल ब्याट्री र मोटर पावरमा सार्वजनिक भएको ईमास सेभेनमा अक्जुलरी १२ भोल्टको ब्याट्री पनि एपएफपी (लिथियम आइरन फोसफेट)मै आएको थियो। 

१२ भोल्टको ब्याट्री एलएफपीमा नेपाली बजारमा भित्रिएको प्रोटोन ईमास सेभेन नै पहिलो विद्युतीय कार हो। त्यसअघिसम्म नेपाली बजारमा आयात भएका कुनैपनि विद्युतीय कार वा अन्य सवारीमा १२ भोल्टको ब्याट्री एलएफपीमा आएको थिएन। 

अक्जुलरी ब्याट्री एलएफपी हुँदा यसको वारेन्टी तथा लाइफ लिड एसिड ब्याट्रीको भन्दा धेरै हुन्छ। लिड एसिड ब्याट्री मर्मत गरिरहनु पर्ने हुँदा केही झन्झटिलो पनि हुन्छ। तर एलएफपी ब्याट्री हुँदा झन्झबाट मुक्त हुन्छ। 

प्रोटोन ईमास सेभेनपछि अन्य ब्रान्डले केही मोडलमा पनि १२ भोल्टको ब्याट्री एपएफपीमा आउन थालेका हुन्। चिनियाँ सवारी उत्पादक समूह जीली होल्डिङसको साझोदारीमा बनेको प्रोटोन ईमास सेभेनमा अब्बल ब्याट्री र शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। ६ विभिन्न तवरमा परीक्षण गरेर अब्बल सावित भएको ब्याट्री यो कारमा प्रयोग गरिएको कम्पनीको भनाइ छ। 

प्रोटोन ईमास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो विद्युतीय एसयूभीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको छ। ईमास सेभेन प्राइममा ४९.५२ किलोवाट आवरको ब्याट्री प्याक छ भने प्रिमियममा ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

६ विभिन्न आकर्षक रङमा उपलब्ध ईमास सेभेनमा सेगमेन्टकै शक्तिशाली १ सय ६० किलोवाटको विद्युतीय मोट रहेको छ। 

प्रोटोन ईमास सेभेन पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक भएको थियो। मलेसियापछि ईमास सेभेन नेपाली बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमा मलेसियामा ईमास सेभेन सबैभन्दा धेरै बिक्री हुने विद्युतीय एसयूभी बनेको कम्पनीले जनाएको छ। 

ईमास सेभनेका मुख्य विशेषताहरुमा ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा निर्माण भएको, १२ इन १ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, नवीनतम् सेल टू बडी ब्याट्री संरचना, न्यु जेनेरेसन एगिस सर्ट ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट छन्। 

ईमास सेभेन प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर ब्याट्री, रेन्ज ३ सय ४५ किमि, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री र रेन्ज ४ सय १० किमि दिने कम्पनीले जनाएको छ।

त्यस्तै ईमास सेभेनमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री भ्यू क्यामेरा, फाइभ स्टार आसिएन एनक्याप सुरक्षा रेटिङ, १ सय ६० किलोवाट पावर र ३ सय २० एनएम टर्क र शून्यदेखि १ सय किमि प्रतिघण्टाको गति ६.९ सेकेन्डमा तय गर्नसक्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असार १२ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend