बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भरतपुर २२० केभी सबस्टेसनको प्राविधिक समस्या समाधान गर्न कार्यकारी निर्देशक शाक्यको निर्देशन

सोमबार, असार ९ २०८२
भरतपुर २२० केभी सबस्टेसनको प्राविधिक समस्या समाधान गर्न कार्यकारी निर्देशक शाक्यको निर्देशन

अनुगमनका क्रममा उनले सबस्टेसनमा देखिएका प्राविधिक समस्याहरूको शीघ्र समाधान गर्न आवश्यक निर्देशन दिए।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित न्यु भरतपुर २२० केभी सबस्टेसनको आइतबार निरीक्षण र अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सबस्टेसनमा देखिएका प्राविधिक समस्याहरूको शीघ्र समाधान गर्न निर्देशन दिए।

साथै, उनले दमौली-भरतपुर १३२ केभी प्रसारणलाइनको विद्युत आपूर्ति क्षमता ७० मेगावाटबाट १३० मेगावाटसम्म विस्तार गर्ने कार्यमा देखिएका समस्याहरुको  शीघ्र समाधानका लागि महत्त्वपूर्ण कदम चाल्न पनि निर्देशन दिएका छन्।

यस प्रसारणलाइनमार्फत मर्स्याङ्दी र दोर्दी करिडारेमा निर्माण भएका जलविद्युत आयोजना र राष्ट्रिय प्रसारण प्रणालीसँगको कनेक्टिभिटीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको शाक्यले बताए। सबस्टेसनमा भएका प्राविधिक समस्याहरू समाधान गरेर आगामी दिनमा विद्युत सेवा नियमित बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले तदारुकताका साथ आफ्ना गतिविधिहरूलाई अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले यस आकस्मिक निरीक्षणको उद्देश्य सबस्टेसन र प्रसारणलाइनहरूको पूर्णक्षमता सञ्चालनमा ल्याउने भएको स्पष्ट पार्दै यसका लागि हेटौँडा ग्रिड महाशाखालाई निर्देशन दिइएको जानकारी दिए।

आइतबार प्राधिकरणका उच्चस्तरीय प्राविधिक टोलीको सहभागितामा सबस्टेसनको विभिन्न प्राविधिक पक्षहरूको मूल्यांकन गरिएको थियो।


प्रकाशित : सोमबार, असार ९ २०८२१८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend