बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे पाँच सय मिलियन अमेरिकी डलरमा सांघाइमा ‘ग्रीड साइड ऊर्जा भण्डारण’ स्टेसन निर्माण गर्दै टेस्ला

शनिबार, असार ७ २०८२
साढे पाँच सय मिलियन अमेरिकी डलरमा  सांघाइमा ‘ग्रीड साइड ऊर्जा भण्डारण’ स्टेसन निर्माण गर्दै टेस्ला

कुल ४ अर्ब युआन (लगभग पाँच सय ५६ मिलियन अमेरिकी डलर) को लगानीमा भएको यो परियोजनाले टेस्लालाई चीनको तेजसँग बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो। यसले चीनको विशाल विद्युत ग्रीडसँग जोडिने सम्भावना पनि बढाएको छ। जुन संसारकै सबैभन्दा ठूलो विद्युत ग्रीड हो।

सांघाइ- अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर सांघाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रीडको लागि ऊर्जा भण्डारण स्टेसन बनाउने सम्झौता गरेको छ।

कुल ४ अर्ब युआन (लगभग पाँच सय ५६ मिलियन अमेरिकी डलर) को लगानीमा भएको यो परियोजनाले टेस्लालाई चीनको तेजसँग बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो। यसले चीनको विशाल विद्युत ग्रीडसँग जोडिने सम्भावना पनि बढाएको छ। जुन संसारकै सबैभन्दा ठूलो विद्युत ग्रीड हो।

यो गिगावाट-घण्टा स्तरको ऊर्जा भण्डारण स्टेसन चीनको सांघाइको लिङगाङ विशेष क्षेत्र, चिनियाँ अन्तर्राष्ट्रिय मुक्त व्यापार क्षेत्र (पाइलट फ्री ट्रेड जोन) मा निर्माण हुनेछ। यस सम्झौता अनुसार, टेस्ला, लिङगाङ विशेष क्षेत्रको प्रशासनिक समिति, सांघाइको फेंग्सियान जिल्लाको सरकारी निकाय र चिनियाँ काङफु इन्टरनेशनल लीजिङ कम्पनी लिमिटेडले भाग लिएका छन्।

यो टेस्लाको पहिलो ग्रीड साइड ऊर्जा भण्डारण स्टेसन हुने भएकाले चीनको मुख्य भूमिमा स्थापना हुने पहिलो परियोजना हो। टेस्ला चीनका ऊर्जा व्यवसायका महाप्रबन्धक डोंग कुनले भन्छन्, ‘यस स्टेसनले एकपटक सञ्चालनमा आएपछि, यसले बिजुलीको स्पट ट्रेडिङमा सहभागी भएर स्थानीय ग्रीडमा चरम र कम आवश्यकताहरू बीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले ग्रीडको स्थिरता बढाउँछ।’

यसैबीच टेस्लाले चीन काङफुसँगको सहकार्यलाई अझ विस्तारित गरी विश्वव्यापी रुपमा शून्य-कार्बन ऊर्जा समाधानहरू ल्याउने योजना बनाएको छ। यस वर्षको फेब्रुअरीमा, टेस्लाको नयाँ मेगाफ्याक्ट्री लिङगाङ विशेष क्षेत्रमा सुरु भएको थियो। जुन यसको दोस्रो प्लान्ट हो र यसले मेगाप्याक ब्याट्री उत्पादन गर्न थालेको छ। टेस्लाले २०२५ मा ऊर्जा भण्डारणको डिप्लोयमेन्टमा वार्षिक ५० प्रतिशत वृद्धि अपेक्षा गरेको छ। रासस

प्रकाशित : शनिबार, असार ७ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend