बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा १५ महिनामा २३ प्रतिशत काम

images
बुधबार, असार ४ २०८२
images
images
एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा १५ महिनामा २३ प्रतिशत काम

सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ।

images
images

बेलबारी- सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा-लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ।

images
images
images

आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मंगलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ।

images
images

एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ। पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।

images
images
images

चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ। आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ। पूर्वी खण्डमा पनि  चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ। पूर्वी खण्डमा ५०  र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन्।

 यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो। रासस


प्रकाशित : बुधबार, असार ४ २०८२१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend