बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा १५ महिनामा २३ प्रतिशत काम

बुधबार, असार ४ २०८२
एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा १५ महिनामा २३ प्रतिशत काम

सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ।

बेलबारी- सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा-लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ।

आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मंगलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ।

एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ। पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।

चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ। आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ। पूर्वी खण्डमा पनि  चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ। पूर्वी खण्डमा ५०  र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन्।

 यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो। रासस


प्रकाशित : बुधबार, असार ४ २०८२१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend