बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
images
images
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ।

images
images

काठमाडौं- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ।

images
images
images

चिडियाखानाले गत बैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो।

images
images

त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ।

images
images
images

नयाँ व्यवस्था लागु भएपछि २०८२ बैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २ सय १९ जनाले चिडियाखानको अवलोकन गरेका छन्। उक्त सेवा सुरु हुनुअघि २०८१ बैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३ सय ३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए।

यस अवधिको तुलना गर्दा १४ हजार ८ सय ८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब २५ लाख बढी आम्दानी भएको उनले बताए।

अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ।

हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई २ सय, विद्यार्थीलाई १ सय ३५, ज्येष्ठ नागरिकलाई १ सय, बालबालिकालाई ७५, ‘सार्क’ मुलुकका नागरिकलाई ५ सय र विदेशी नागरिकलाई एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ। चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन्। 

यसैगरी अवलोकनकर्ताको आकर्षणका लागि वन्यजन्तुको उचित व्यवस्थापनका साथै हरियाली प्रवर्द्धन र सरसफाइ बढाइएको छ।


प्रकाशित : मंगलबार, असार ३ २०८२१७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend