बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय दूतावासले टेन्डरमा किनेको बस हुन सकेन हस्तान्तरण : ड्राइभरसहित ३३ सिट हुनुपर्नेमा ल्याइयो मिनिबस

सोमबार, असार २ २०८२
भारतीय दूतावासले टेन्डरमा किनेको बस हुन सकेन हस्तान्तरण : ड्राइभरसहित ३३ सिट हुनुपर्नेमा ल्याइयो मिनिबस

जुन ६ तारिखमा भन्सार जाँचपास भएको भारतीय दूतावासले आयात गरेको भीई कमर्सिलयको २५ वटा मिनिबस(१५-२५ सिट) रहेको उल्लेख छ। तर उक्त बसको घोषणा भने स्कुल बस स्टारलाइन १०.७५ ई ३२प्लसडी सिटर भनिएको छ।

काठमाडौं- भारतीय दूतावास काठमाडौंले आयात गरेको स्कूल बसहरू गएको शनिबार हस्तान्तरण गर्ने कार्यक्रम थियो। तर उक्त बस सम्बन्धित स्कूललाई हस्तारन्तरण हुन सकेन। 

यसको प्रमुख कारण टेन्डरअनुसार माग गरिएको बस आयात नभइपछि हस्तारन्तरण हुन नसकेको खुलेको छ। भारतीय दूतावासले २०२४ अक्टोवरमा ८५ वटा '३२ प्लस डी' स्कूल बस खरिद गर्न टेन्डर आह्वान गरेको थियो। 

यो टेन्डरमा नेपालमा उपलब्ध कम्पनीहरूले सहभागिता जनाएका थिए। ड्राइभरसहति ३३ सिट क्षमताको ठूला बस किन्न गरिएको टेन्डरमा टेन्डर जित्ने कम्पनीले २५ सिट क्षमताको मात्र बस आयात गरेको भन्सार प्रज्ञापनपत्रमार्फत प्रमाणित भइसकेको छ। 

भोल्भो आइसर (भीई) कमर्सियल भेहिकल लिमिटेडबाट भारतीय दूतावास काठमाडौंले टेन्डरमार्फत खरिद गरेको २५ वटा बस 'मिनिबस' कि 'ठूला बस' भन्ने विवादपछि हस्तान्तरण रोकिएको हो। गएको शनिबारका लागि तय भएको हस्तारन्तरण कार्यक्रममा केही थान एम्बुलेम्स हस्तारन्तरण भएपनि बस भने हस्तारन्तरण हुन सकेन। 

जुन ६ तारिखमा भन्सार जाँचपास भएको भारतीय दूतावासले आयात गरेको भीई कमर्सिलयको २५ वटा मिनिबस (१५-२५ सिट) रहेको उल्लेख छ। तर उक्त बसको घोषणा भने स्कूल बस 'स्टारलाइन १०.७५ ई ३२ प्लस डी सिटर' भनिएको छ। 

ठूला बसको रुपमा आयात भएको भनिएको उक्त बसको भन्सार दर भने मिनिबससरह लागेको छ। प्रज्ञापन पत्र नम्बर एम ५७७२७ मा आयात भएको उक्त बसमा मिनिबसको नै करका दर भन्सार ३० प्रतिशत, अन्तःशुल्क ३५ प्रतिशत, सडक मर्मत दस्तुर ९ प्रतिशत र भ्याट १३ प्रतिशत लगाेको छ। उक्त बस ठूला बस हुन्थ्यो भने भन्सार ३० प्रतिशत र अन्तःशुल्क ५ प्रतिशतमात्रै लाग्नु पर्थ्यो। यद्यपी दूतावासले सिधै उत्पादक कम्पनीसँग खरिद गरेकाले करका दरमात्र उल्लेख गरिएको छ भने करबापतको रकम उल्लेख छैन। कुटनीतिक नियोगहरूले किन्ने सवारीमा भन्सार तथा अन्तःशुल्क नलाग्ने व्यवस्था रहेको छ। 

अशोक लेल्यान्ड, टाटा मोटर्स, एसएमएल ईसुजु र भीई कमर्सियल भेहिकलले टेन्डरमा सहभागिता जनाएका थिए। यही कम्पनीहरूले प्रतिबसको मूल्य बुझाएका थिए। सोहीअनुसार टेन्डर गरेको दूतावासले एउटा कम्पनीलाई छनोट गरेको हो। 

जसअनुसार भीई कमर्सियल भेहिकलले प्रतिबस १० लाख ४८ हजार आईसी, अशोक लेल्यान्डले प्रतिबस १२ लाख ६८ हजार आईसी, टाटा मोटर्सले प्रतिबस ११ लाख १९ हजार २ सय आईसी र एसएमएलले प्रतिबस १० लाख ८६ हजार आईसी प्रस्ताव गरेको थियो। यसमध्ये कम मूल्यमा प्रस्ताव गरेको भीई कमर्सियल भेहिकलले उक्त टेन्डर जितेको थियो। 

बसको प्राविधिक स्पेसिफिकेसनमा स्पष्टरुपमा '३२ प्लस डी' अर्थात कुल ३३ सिट भएको हुनुपर्ने उल्लख छ तर भन्सारमा उक्त बस मिनिबस वर्गमा आयात भएपछि विषय विवादित बनेको हो। 

भारतीय दूतावासले मागेको बसको स्पेसिफिकेसन

मोडल- ३२ प्लस डी सिटर

सिलिन्डर/डिस्प्लेसमेन्ट- ४ सिलिन्टर/मिनिमम् २९ सय सीसी

अधिकतम पावर- कम्तिमा १ सय १० एचपी

अधिकतम टर्क- कम्तिमा २ सय ७५ एनएम

स्टेरिङ सिस्टम- पावर

गेयर बक्स- ५ फर्वाड र एक रिभर्स

ह्वीलबेस- ३३ सय एमएम

लम्बाई- ६३ सय एमएम

चौडाई- २ हजार एमएम

उचाई- २६ सय एमएम

मिनिमम् टर्निङ रेडियस- ९ मिटरभन्दा बढी नभएको

जीभीडब्लू- कम्तिमा ६५ सय केजी

सिटिङ क्यापासिटी- ३२ प्लस डी (थ्रीइन्टुटू)


प्रकाशित : सोमबार, असार २ २०८२१९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend