बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नाडा अटो शो २०२५ मा' आउन अर्थमन्त्री पौडेललाई नाडाको निम्तो

सोमबार, असार २ २०८२
'नाडा अटो शो २०२५ मा' आउन अर्थमन्त्री पौडेललाई नाडाको निम्तो

१७औँ संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ।

काठमाडौं- नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाले आगामी भदौ पहिलो साता हुने 'नाडा अटो शो २०२५' मा आउन निम्ता दिएको छ।

असार १ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी औपचारिकरुपमा निम्ता दिएको हो।

१७औँ संस्करणको 'नाडा अटो शो २०२५' आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदैछ। उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उद्घाटन गरिदिन औपचारिकरुपमा आग्रह गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताएका थिए।

सोही छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलोपटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेकाले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे।

छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोबाइल व्यवसायीहरुले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : सोमबार, असार २ २०८२१६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend